राप्ती सोनारीमा विद्यार्थिहरुका लागि एक दिने वित्तिय साक्षेरता कार्यक्रम सम्पन

श्री नेपाल रास्ट्रिय माध्यामिक विधालय राप्ती सोनारी ५ चिल्हरिया वाँकेमा अध्यनरत विद्यार्थिहरुका लागि एक दिने वित्तिय साक्षेरता कार्यक्रम सम्पन भयको छ ।vडुडुवा गाउपालिका वडा नम्वर ५ मा अवस्थित लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनिको रुपमा स्थापित लक्ष्मी लघुवित्त वित्तिय सस्थाले कार्यक्रम सन्चालन गरेको थियो ।कार्यक्रममा विद्यालयका कक्षा १० मा अध्यनरत ६० जना विद्यार्थीको सहभागीता रहेको थियो ।

कार्यक्रममा सहभागी विद्यार्थीहरुलाइ कर्जा , वचत , रेमिट्यान्स , मोबाइल ब्याङ्किङ लगायत बैंक तथा वित्तिय सस्थाले मानव जीवनमा खेलेको प्रत्यक्ष भुमिकाका बारेमा शाखा प्रमुख भागिरथी चौधरिले प्रकाश पार्नुभयको थियो ।