गुणस्तरहिन काम भएको भन्दै सामाजिक सन्जालमा चर्चा बटुल्ने उपमेयर कता ?

असार २७ साेमबार/रबिन्द्र बराल,मोरङको सुनवर्षी नरपालिका–९ डायनियाँमा गुणस्तरहिन सडक निर्माण हुँदै गरेको पाइएको छ । शिवेश्वर मार्ग भनिएको डायनियाँ चोकदेखि दक्षिण प्रहरी चौकी जने सडकको काम गुणस्तरहिन भएको भन्दै स्थानीय आक्राेशीत बनेका छन । १५ दिन अगाडि साे सडक मा मापदण्ड अनुसार काम नभएको भन्दै सुनवर्षी नगरपालिकाकी उपमेयर मिरा देवी दास ले अनुगमन समेत गरेकि थिईन ।

साेहि दिन प्राविधिक सहितको टाेलिले सडक अगुगम गर्दा काम गुणस्तरहिन भेटिएको थियो । निर्माण हुँदै गरेको सडकका विभिन्न स्थानमा खन्न लगाएर चेकजाँच गर्दा काम गुणस्तरहिन पाइएको थियोे । इन्तीयाज आलमको साहेमा कन्स्ट्रक्सन प्राईभेट लिमिटेड ले ठेक्का लिएको हाे । १० दिन अगाडि गुणस्तरीय हिन काम भएको भन्दै काम राेक्ने उपमेयर दास १० दिन पछि पुनः कमसल काम लाई के कसरी मान्यता दिईन ? ईन्जिनियर सम्भु सिहं गन्गाई का अनुसार निर्माण सडकमा अगाडिको भागमा कालाे पत्रेकाे माेटाई पढाएर काम सुरु गर्ने लगाएकाे भन्दै पंन्छिन समेत खाेजेका छन । स्थानीय मिलेमतो भए पछि काम सुरु भएको आराेप समेत लगाएका छन । साे बिषयमा बुझनका लागि बारम्बार सम्पर्क गर्दा समेत उपमेयर दास काे फाेन भने उठेन । साे सडक निर्माणकार्य गर्नु पहिले नै कन्ट्रक्सन ले सुचना पाटि अनिवार्य राख्नुपर्ने भएता पनि निर्माणकार्य सम्मपन्न भई सक्दा समेत सुचना पाटि राखिएको छैन ।

साहेना कन्ट्रक्सन का प्रमुख इन्तीयाज आलम ले भने अब केही दिन मा सुचना पाटि राख्ने भन्दै लज्जास्पद कुरा गरेका छन । साे सडक २५ लाख काे लागतमा २ सय ५५ मिटर लम्बाई काे रहेको आलम ले बताए ।