रतुवा खोलामा ३ सय मिटर खोला तर्ने दुईवटा नाउँ

असार ३१ शुक्रबार/रबिन्द्र बराल,माेरङ र झापाकाे सिमानामा रहेको रतुवा खाेलामा अहिले दुईवटा ढुङ्गा ( नाउ) सन्चालनमा आएको छ । बिगत दश बर्ष देखि पुल काे निर्माण कार्य सम्पन्न भएता पनि बर्षाेनी उक्त खाेलामा आउने बाडिका कारण प्रत्येक बर्ष साे भेगका सर्वसाधारण हरु समस्या झेल्न बाध्य रहेका छन । रतुवा खाेलमा सामान्य पानी आउदा समेत खाेलामा कहिले नाँउ काे माध्यम बाट त कहिले भाटाकाे पुल बाट आवतजावत गर्ने बाध्य भएका हुन । झापाको गौरीगञ्ज गाउँपालिका र मोरङ काे रतुवामाई नगरपालिका काे बिचमा रहेको रतुवाखाेलामा मा अहिले एउटा खाेला दुई भाग बनेर पानी बगिरहेकाे छ ।

पुर्वमा ३ सय मिटर मात्रै पानी काे भाग रहेको पश्चिम मा समेत ३ सय मिटरमा खाेला बागिरहेकाे छ । खाेला काे बिच भागमा बलाैटे मात्रै देखिन्छ । साे खाेलामा अहिले दुईवटा नाउँ मा आवतजावत गर्ने स्थानीयले फरक फरक रकम तिरेर वरपार हुन बिवष छन । झापा ले एउटा माेटरसाईकल खाेला पारी गरेको नाउँमा ७० रुपैयाँ र साईकल काे ३० रुपैयाँ सम्म लिने गरेका छन । माेरङ ले माेटरसाईकल काे ५० रुपैयाँ सम्म लिने गरेको स्थानीय हेमा ताजपुरिया ले बताइन। उनी दैनिकी गाैरिगञ्ज नगरपालिका काे स्वास्थ्य शाखामा कार्यरत छिन उनी बर्षाे देखि साे खाेला बाट आवतजावत गरेर जागिरमा जाने गरेको उनलेे बताइन । उनी भन्छिन याे खाेला मा कहिले सम्म हामीले दुख्ख पाउनुपर्ने हाे त्याे भने थहा छैन । प्रत्येक बर्ष खाेलामा आउने बाडिका कारण आफुहरु ज्यानै जाेखिम मा राखेर आवतजावत गरिरहेका छाै । माेरङ बाट गाैरिगञ्ज जानका लागि याे खाेला बाट ३ किलोमिटर मा पुगिने भएता पनि भारत बाट ३० किलोमिटर काे यात्रा पूरा गरेर जानुपर्ने र बर्षाकाे समयमा भारत हुदै जान का लागि १ घण्टा सम्म गएर जानुपर्ने बाघ्यता रहेको उनलेे बताईन ।

हुलाकी राजमार्ग काे लागि आवतजावतमा सहज हाेस भनेर निर्माण भएको यो पुल अहिलेसम्म बेकामे बनेको छ । २०६५ साउन १ गतेदेखि औपचारिक शिलान्यास गरी निर्माण शुरु गरिएको पुल निर्धारित समयभन्दा झण्डै ५ वर्षपछि २०७२ साल जेठमा सम्पन्न भएको थियो । उक्त पुल १० करोड ४१ लाख ९४ हजार ९ सय २८ रुपैयाँ लागतमा निर्माण गरिएको हो । पुलमा ९ वटा पिल्लर रहेको पुल २ सय ५ मिटर लम्बाइ समेत रहेको छ । पुल अहिले प्रयोगविहीन हुदा स्थानीय बाँसको पुल र ढुङ्गा बाट लडदै हिडन बाध्य रहेका छन । करोडौ रुपैैँया लगानी गरेर निर्माण गरिएको पुल सम्पन्न भएको पनि बर्षाे बितिसक्दा समेत साे पुल राम्रोसँग सन्चालनमा आउन सकेको छैन । उक्त पक्कि पुल प्रयोगमा आउन नसकेपछि यहाँका स्थानीय भारत बाट खरिद गरेर नाउ ल्याएर सन्चालना मा ल्याएका छन । पक्की पुल खोलाका बीचमा भएकाले प्रयोग गर्न नमिलेपछि स्थानी बासिन्दाहरूले आफ्नै पहलमा कहिले पक्की पुल मुनि बाँसकाे भाटा काे माध्यम त कहिले नाउँकाे साहामा स्थानीय हरु आवतजावत गर्ने बाध्य रहेका छज ।
नेपाल सरकारले सिमाबर्ति क्षेत्रमा रहेकाे सडक लाई हुलाकी राजमार्ग भनेर पहिलो प्राथमिकता मा राखेता पनि अहिले त्याे भने अधुरै रहेको पाईन्छ । २०६५ साल मा भाैतिक तथा निर्माण मन्त्री रहदा बिजय कुमार गच्छेदार ले शिलान्यास गरेकाे साे पुल हाल सम्म पनि निर्माण सम्पन हुन सकेको छैन । साे पुल संन्चालनमा नआउदा गाैरीगञ्ज जानकालागि जाेखिम मा डुङ्गा काे सहारामा दैनिकी गाैरीगञ्ज बजार जान बाध्य रहेकाे स्थानीय छन । नेपाल सरकारले सिमाबर्ति छेउ तथा मधेसी समुदायको बाहुलियता बस्ति भएको कारणले गर्दाे बेवास्ता गरेको आराेप समेत लगाएका छन । साे पुल काे २ सय मिटर लम्बाई गाैरी पार्वती ले २०७३ सालमा निर्माण सम्पन गरेता पनि खाेलकाे चाैडाई बडि भएको हुनाले उक्त पुलकाे पुर्व पट्टी बाट पुनः एक सय देखि एक सय ५० मिटर काे लम्बाई थप्नु पर्ने भएको हुनाले निर्माण नसकिएको स्थानीयले बताए ।
२ सय मिटर लम्बाई काेे पुल निर्माण भई सकेता पनि पुलकाे उचाइ १० फिट अलगाेे रहेेको हुुुुनाले पर्व र पश्चिम तर्फ सडक समेत नभएको कारण समस्या परेको स्थानीय बताउछन् । प्रत्येक दिन खाेला बाट नाउँ काे साहरामा ३ सय देखि ५ सय सम्म आवत जावत गर्ने गरेका छन । चुनाव काे समयमा खाेला मा तटबन्धन बाँधने नारा लिएर चुनाब जितेका नेता हरु अहिले खाेला फर्काउने कुनै पहल समेत नगरेको स्थानीयले आराेप समेत लगाए ।

साे पुल निर्माण भए र संन्चालनमा आएमा बिराटनगर देखि भद्रपुर सम्म आवत जावत गर्नेका लागि सर्वसाधारण हरुलेे बिराटनगर ,ईटहरी, दमक र बिर्तामोड जाने झन्झट बाट मुक्त पाउने र हुलाकी राजमार्ग काे बाटो आवत जावत गर्ने छाेटाे र सहज हुने स्थानीय हरु बताउँछन् ।