कोरोना परीक्षणमा अमेरिकाले पायो ठूलो सफलता

अहिले पूरा संसार नै कोरोनाभाइरसविरुद्ध लडिरहेको छ । यस ज्यानमारा भाइरसका कारण संसारभरि १४ हजार ६५४ जनाको मृत्यु भइसकेको छ । कोरोनाको धेरैजसो केसमा मानिसहरू संक्रमित भएपछि गरिने परीक्षणमा ढिलाइका कारण भाइरस फैलिएको पाइएको छ । तर अमेरिकाले यो समस्याको समाधान निकालेको छ ।

अमेरिकामा कोरोनाको प्रकोप बढेपछि त्यहाँको खाद्य तथा औषधि विभाग (एफडीए)ले जम्मा ४५ मिनेटमा कोरोनाभाइरसको परीक्षण गर्ने विधि उपयोग गर्न अनुमति दिएको छ । आशंका गरिएका संक्रमितलाई संक्रमित हो कि हैन भन्ने कुरा ४५ मिनेटमै थाहा हुन्छ । अहिले चाहिँ भाइरसको परीक्षणमा अलि लामै समय लाग्छ ।

यस परीक्षण प्रविधिलाई विकसित गर्ने कम्पनी सेफेडले परीक्षणका लागि एफडीएले शनिवार स्वीकृति दिएको बताए । अब यसको उपयोग अस्पताल र आपतकालीन कक्षहरूमा गरिनेछ । क्यालिफोर्निया बाहेकका राज्यमा पनि यस प्रविधिलाई पुर्‍याउन कामहरू भइरहेका छन् ।

एफडीएले बयान जारी गरेर स्वीकृति दिएको पुष्टि गरेको छ । बयानमा कम्पनीले आगामी सोमवारसम्म परीक्षण गरेर स्याम्पलहरूलाई केन्द्रीकृत प्रयोगशालामा पठाउने र त्यहीँबाट यसको रिपोर्ट प्रकाशित गर्ने बताएको छ ।