रंगेली नगरले अतिविपन्न परिवारलाई गाई बितरण गर्यो

असार ३२ शनिबार/रबिन्द्र बराल,रंगेली नगरपालिका ले अतिविपन्न घरपरिवार लाई सबल उद्धमी बनाउने उदेश्य ले चाैपाया बितरण गरेको छ । नगरपालिकाले विभिन्न समयमा कृषक हरु लाई सबल हुने अपेक्षा राख्दै विभिन्न कार्यक्रम हरु सन्चालन गर्दे आईरहेकाे छ । साेहि कार्यक्रम अन्तर्गत रंगेली नगरपालिका ३ स्थित शान्ति आर्यघाट मा एक कार्यक्रम काे आयोजना गरेको हाे । नगरपालिकाको सहयोग र उद्योग बाणिज्य मन्त्रालय अन्तर्गत गरीब निवारण लघु उद्यमी को आयोजनामा कार्यक्रम गरेका हुन । बर्षिक रुपमा ३८ हजार रुपैयाँ सम्म का आम्दानी हुने र आफ्नो आर्थिक अवस्था कमजोर भएका १० परिवार लाई माउ गाई, र बाछी समेत बितरण गरेको हाे ।

कृषक हरु लाई गाई छनाेट मा बिबाद नहाेस भनेर सहभागी हरु काे सुझाव का अनुसार गाई काे जिउमा नम्बर लेखर टाँस गरिए पछि साेहि वमाेजिम गाेला प्रथा द्वारा गाई बितरण गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि नगरप्रमुख दिलिप बगडिया, उपमेयर भुमा पराजुली , वडा नम्वर ३ का अध्यक्ष भरत प्रसाईं , सलिना बास्के , गरिब निवारण लघु उद्यमी का सहज कर्ता दुर्गा न्यौपाने काे अनुसार नगरले बिगत बर्षदेखि यस्ता कार्यक्रम काे सुरुवात गरेको र कृषक हरु लाई बुङ्गुर पालन, गाई, वाख्रा पालन का बिषयमा तालिम मा सहभागी हरु लाई गाई बितरण गरेको दाहाल ले बाताईन ।