काभ्रेमा शक्तिशाली बम विष्फोट, विप्लव नेकपाले गरेको प्रहरी अनुमान

काठमाडौं । काभ्रेमा शक्तिशाली वि’ष्फोट भएको छ । रोशी गाउँपालिका–८ नार्केबजारमा ब’म वि’ष्फोट भएको छ । सोमबार राति नीरबहादुर तामाङको दुईतले घरको भुइँतला नजिकै वि’ष्फोट भएको जानकारी दिइएको छ । यहाँस्थित पसलको सटर छेउमा प्रेसर कुकर ब’म वि’ष्फोट भएको प्रहरीले जानकारी दिएको छ । वि’ष्फोटबाट कुनै मानवीय तथा भौतिक क्षति भने नभएको जानकारी दिइएको छ । वि’ष्फोट विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले गरेको प्रहरी अनुमान रहेको छ

यसअघि सो समूहले तामाङको घरमा झण्डा गाडेर कब्जा गरेको घोषणा गरेको थियो । दुईजना अपरिचित व्यक्ति आएर शंकास्पद बस्तु राखेर गएको केही बेरमै वि’ष्फोट भएको इलाका प्रहरी कार्यालय, मंगलटारले जानकारी दिएको छ । प्रहरीका अनुसार घटना भएको थाहा पाउन साथ मंगलटार इलाका प्रहरी चौकीबाट पाँचजना र कटुञ्जे प्रहरी चौकीबाट तीनजना प्रहरी पुगेका थिए । घटनाबारे आवश्यक थप अनुसन्धान भइरहेको छ ।