लाईन्स क्लव अफ द्वारा अमेरिकियन हुईलचियर बितरण

फाल्गुन १० शनिबार/रबिन्द्र बराल,लाईन्स क्लव अफ रंगेली तथा लाईन्स क्लव अफ गाेग्राह बिराटनगर द्वारा अमेरिकियन हुईलचियर बितरण गरेका छन । माेरङकाे सुनवर्सि नगपालिका २ बस्ने ४५ बर्षका रामनारायण ठाकुर र बडा नम्बर ५ बस्ने माेहम्द अाेसिल का छाेरा बर्ष ११ का अबुदानिस मियाँ लाई सुस्त समेत उक्त हुईलचियर बितरण गरिएको थियोे । लाईन्स क्लव काे केन्द्रीय कार्यलय काे सहयोगमा निशुल्क दुई थान हुईलचियर एक कार्यक्रम का बिच बितरण गरिएको थियोे । एउटा हुईलचियर काेे बाजर मूल्य ५२ हजार रुपैयाँ बराबरको रहेको छ । शुक्रबार सुनवर्सि नगरपालिका ५ स्थित टकुवामा एक कार्यक्रम काे अायाेजना गरि हुईलचियर बितरण गरिएको थियो । रामनारायण ठाकुर लेे भने यसरी समाजिक संस्था हरुले हामी जस्तो अशक्त हरुलाई घरमै अाएर हुईलचियर दिएकोमा अत्यधिक खुशी भएको र पहिले अाफुलाई अावत जावत गर्ने निकै कठिन भएको र अब भने अाफुलाई काम गर्न र वजार अाबत जावत गर्ने निकै सजिलो भएको समेत बताए । माेहम्द अाेसिल ले भने मेरो नाति जन्मे काे समयदेखि नै सुस्त मनस्थिति र हिडडुल गर्नेे समेत समस्या हुदै अाएकाे उनलेे बताए । ११ बर्ष देखि बिधालय समेत जान नसकेको र घर वरिपरि समेत धिस्रिएर हिडडुल गर्ने गरेको र अब भने नाति पढन जाने बिधालय जान सक्ने भए पछि अाफु निकै खुशि भएको उनका हजुरबुबा लेे बताए । साे कार्यक्रममा लाईन्स क्लव अफ रंगेली प्रतिनिधि कमलेश्वार ठाकुर , कमलेश मंन्डल, स्थानीय युगेश्वर ठाकुर , समाजसेवी लगायतको समेत उपस्थिति समेत रहेको थियोे ।