अब ७ भन्दा बढी मलामी जान नपाइने

काठमाडौं, १० चैत। पशुपति क्षेत्र विकास कोषले त्यस्तै विद्युतीय शव दाह गृहमा ७ जना भन्दा बढी मलामिलाई प्रवेश गर्न निषेध गरिएको छ। त्यस्तै पशुपतिमा गरिने विशेष पूजालाई अर्को सूचना नआउन्जेलका लागि स्थगित गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

त्यस्तै जल अभिषेक गर्दा र बेलुकाको आरतीमा बस्ने भक्तजनहरुलाई अर्को सूचना नभएसम्मका लागि उपस्थित नहुन सुचित गरिएको छ। पशुपतिनाथमा एक पटकमा दश जना मात्रै भक्तजनलाई प्रवेश गर्न दिने पशुपति क्षेत्र विकास कोषले निर्णय गरेको छ।

पशुपति क्षेत्र विकास कोषाध्यक्ष डा. मिलनकुमार थापाको अध्यक्षतामा आइतबार बसेको बैठकले १० जनाले दर्शन गरेपछि मात्रै थप १० जनालाई पालैपालो प्रवेश गर्न दिने निर्णय गरेको हो।