प्रहरी र पत्रकार मिलेर मकवानपुरमा लुटे हिरा

हिरा लुट्ने तीन प्रहरी र एक पत्रकार पक्राउमा परेका छन्।मकवानपुरको पालुङमा सोमबार राति एक महिलाको हिरा लुटेर काठमाडौं फर्कंदै गर्दा इलाका प्रहरी कार्यालय पालुङको टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्ने महानगरीय प्रहरी वृत्त दरबारमार्गमा कार्यरत असई सुरेन बस्याल, प्रहरी जवान वीरबहादुर बस्नेत, हेमकान्त मगर र पत्रकार सरोज आचार्य रहेका छन्।

‘अफ ड्यूटी भएको बेला उनीहरू मकवानपुर गएर लुटपाट गरेका छन्,’महानगरीय प्रहरी कार्यालयका डिआइजी विश्वराज पोखरेलले सेतोपाटीसँग भने।प्रहरीले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान थालेको छ।