भारत र चीनसँग जोडिएका सबै सीमा

महेन्द्रनगर : कोभिड-१९ कोरोना भाइरस सरकारले भारत र चीनसँग जोडिएका सबै सीमा नाका बन्द गरेपछि कञ्चनपुरको गड्डाचौकी नाका भएर नेपाल आउने सयौं नेपाली अलपत्र परेका छन्। बिहानैदेखि गड्डाचौकी नाका बन्द भएपछि नेपाल फर्किन लागेका नेपाली नाकामै रोकिएका हुन्।

नाकामा उनीहरुको स्वाथ्य जाँच गरे पनि नेपाल प्रवेश गर्न रोकिएको छ। नाका बन्द गरेको भन्दै उनीहरु आक्रोशित भएका छन। भारतको दिल्लीबाट घर फर्किन लागेका विरेन्द्र चन्दले भारतमा कोरोनाको त्रासका कारण नेपाल फर्किन लागेको बताए। ‘सरकारले हामीलाई गन्तव्यसम्म पुर्‍याउने व्यवस्था गनुपर्छ’ उनले भने ‘हामी बिहानदेखि नाकामा भोकभोकै बसेका छौ।’ यता प्रशासनले भने बैठकपछि निर्णय हुने जनाएको छ। कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायले बैठकपछि निर्णय हुने बताए।