कोरोना भाईरसको संक्रमण रोकथामका लागि सरकारले आजबाट देशलाई पूर्ण रुपमा लकडाउने गरेको छ। कोरोना नियन्त्रण उच्चस्तरीय समितिको सोमबारको बैठकले गरेको निर्णय अनुसार आज बिहान ६ बजेदेखि सुदूरपश्चिम प्रदेश पनि पूर्ण रुपमा लकडाउन गरिएको छ।
यो अवधीमा नागरिकलाई घरबाहिर निस्कन नदिने र विशेष पास भएका बाहेक अरु कुनै पनि गाडी र जहाज चल्न नदिने बताईएको छ। सरकारले कुनै पनि बहानामा घरबाहिर ननिस्कन र गाडी नचलाउन निर्देशन दिएको छ। सरकारको निर्देशन अनुसार प्रहरी पनि परिचालनको गरिएको छ।
दिनेश खबर डटकमको अनुसार सुरक्षा निकाय र एम्बुलेन्स र अत्यावश्यक काममा खटिनेहरुको लागि विशेष पास लिएका गाडी भने चल्न पाउनेछन्। यस्तै अत्यावश्यक सेवा बाहेक कर्मचारीलाई पनि घरमै बस्न भनिएको छ। सरकारको यो निर्णय आउँदो चैत १८ गतेसम्म लागु हुनेछ।
तपाईको प्रतिक्रिया दिनुहोस्