प्रचण्डलाई जुत्ता प्रहार गर्ने व्यक्ति माओवादी द्धन्द्धकालमा बाबु गुमाउने टुहुरो

काठमाडौं । नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाललाई आइतबार सार्वजनिक कार्यक्रममा जुत्ता प्रहार गर्ने व्यक्तिको पहिचान भएको छ । रतन तिरुवा नाम गरेका युवा सत्तारुढ तत्कालिन विद्रोही माओवादीकै कार्यकर्ताको छोरा रहेको र तत्कालिन विद्रोही माओवादीले सञ्चालन गरेको सशस्त्र द्धन्द्धमा आफ्ना बाबु गुमाएर उनी टुहुरो बनेको खुलेको छ ।

जुम्लाको सिञ्जा गाउँपालिका २ घोडेंगाका २२ वर्षीय तिरूवाले आइतबार दिउँसो राष्ट्रिय सभा गृहमा भरतमोहन अधिकारीको स्मृतिसभामा प्रचण्डलाई लक्षित गरी जुत्ता हानेका थिए। उनले हानेको जुत्ता प्रचण्डलाई नलागे पनि प्रहरीले उनलाई पक्राउ गरी निर्मम तरिकाले कुटेको छ । पक्राउ परेका तिरुवालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । कार्यक्रममा प्रचण्ड आउने भएपछि भाषण सुन्न गएका तिरुवा प्रचण्डले वर्गसंघर्षको कुरा गर्न थालेपछि रिस उठेर जुत्ता हानेको जनाएका छन् ।