एक महिनाको तलब कोरोना कोषलाइ दिने गोकुल बास्कोटाको घोषणा

चैत ११, पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले कोरोना भाइरसबिरुद्ध सरकारले स्थापना गरेको कोषमा आफ्ना एक महिनाको तलब जम्मा गर्ने घोषणा गरेका छन्। उनले ट्विटरमार्फत उक्त घोषणा गरेका हुन्।

कोरोना भाइरसबिरुद्धको विश्वव्यापी लडाइँ जारी रहेको पूर्वसञ्चारमन्त्री बास्कोटाले ट्विटरमा लेखेका छन्, ‘जसले जसरी लिउन्, त्यो उनको आग्रह वा बुझाइको सीमाभित्रको विषय हो तर मेरो एक महिनाको तलब कोरोनाबिरुध्दको सरकारी कोषमा जम्मा गर्ने निर्णय गरेको छु।’