कोरना संक्रमित युवतिसँगै आएका झापाका एक युवालाई क्वारेन्टाइन पठाइयो

झापा । कोरना भाइरसको संक्रमण पुष्टि भएको फ्रान्स बाट आएकी १९ बर्षिय युवतिसँगै फ्लाइटमा आएका दुई युवाहरुलाई समेत क्वारेन्टाईन पठाईएको छ।झापा र बाग्लुङका दुई युवालाई क्वारेन्टाइन पठाइएको हो । संक्रमण फैलन नदिन ति युवालाई क्वारेन्टाइनमा पठाइएको प्रदेश १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले जानकारी दिए । संक्रमण फैलन नदिन ति युवतिसँग सम्पर्कमा आएका मानिसहरुको खोजी भइरहेको छ ।

कोरोना भाइरस (कोभिड(१९)बाट संक्रमित युवतीसँगै फ्रान्सबाट फर्किएका एकजना अर्का युवक काठमाडौं हुँदै बागलुङसम्म पुगेको खुलेको छ। चैत ४ मा काठमाडौं ओर्लिएर एकरात यहाँ बसेपछि बागलुङ पुगेका उनी अहिलेसम्म स्वतन्त्र घुमिरहेको भेटिएको छ ।

फ्रान्सबाट कतार एयरवेजको जहाजमा आएकी युवतीलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि उनीसँगै आएका यात्रुको खोजीका क्रमाम ती युवक बागलुङमा भेटिएका हुन् । उनी काठमाडौंबाट बागलुङ पुगेर पनि क्वारेन्टाइनमा नबसी मनलाग्दी घुमिरहेको भेटिएका हुन् ।

सरकारले विदेशबाट आउनेलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाएको छ। बागलुङ ढोरपाटन नगरपालिकाका ती युवालाई कोरोना संक्रमित युवतीसँगै आएको पुष्टि भएपछि मंगलबारबाटै ‘होम क्वारेनटाइन’ मा राख्ने तयारी थालिएको छ ।