इटलीमा एकै दिन ६०१ र स्पेनमा ५३९ जनाले ज्यान गुमाए

काठमाडौं : कोभिड-१९ कोरोना भाइरस संक्रमणले इटलीमा एकै दिन ६ सय एक जनाको ज्यान गएको छ। विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसले सोमबार एकै दिन ६ सय एक जनाको ज्यान गएको हो। इटलीमा ७ हजार ४ सय ३२ जना संक्रमितको सफल उपचार भएको छ। त्यस्तै अहिले इटलीमा ५० हजार ४ सय १८ जना संक्रमित छन्।

त्यस्तै स्पेनमा सोमबार ५ सय ३९ जनाले ज्यान गुमाएका छन्। हाल ४२ हजार ८ सय ८६ जनामा संक्रमित छन्। हालसम्म ३ हजार ३ सय ५५ जना उपचार पछि घर फर्किएका छन्। त्यस्तै फ्रान्समा १८६, अमेरिकामा १४० जनाले सोमबार ज्यान गुमाएका छन्। चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले विश्वभर फैलिएको छ।