नेपाली नहर र हुलाकी राजमार्गमा पनि भारतको दावी

दीपेन्द्र बस्नेत,कञ्चनपुर , चैत ५नेपाल भारत सीमा सर्वेक्षण टोलीले हालै गरेको सिमाकंनबाट डोकेबजार -बेल्डाँडी हुलाकी मार्ग , नहर र स्थानीयको जमिन भारत तर्फ गाभिने देखिएपछी कञ्चनपुरको दक्षिणी क्षेत्रमा सीमाको बिवाद चर्किएको छ ।सीमा सर्वे टोलिले सिमाकंन गर्दै फागुन महिनामा बेलौरीको भुडा देखि बेल्डाँडीको बैबाहा सम्म नेपालीका नाममा दर्ता जग्गामा पिलर गाडे पछि सो क्षेत्रका ४० परिवारको ५० बिगाहा जग्गा भारत तर्फ गाभिने स्थिती देखिएको हो ।बेलौरी नगरपालिकाको टेडिया -पचुइ स्थित हुलाकी राजमार्ग भन्दा १ किमि दक्षिण तर्फ खोला पारी ३९ नम्बरको सीमा स्तम्भ भए पनि भारतले सो स्तम्भलाई सहायक पिलर भन्दै हुलाकी सडक दशगजामा पर्ने दावी गरे पछि स्थानीय आक्रोशित बनेका छन् ।सोही सिमाङकनका क्रममा बेलौरी नगरपालिका १० भुडा देखि बेल्डाँडी ३ बैबाहा सम्मको नहरको डिलमै नेपाल-भारत सीमा स्तम्भ गाड्न खाडल खनिए पछि नहर र स्थानियको जग्गा भारत तर्फ जाने अबस्था सृजना भएको छ ।

नेपाल – भारत सीमा सर्वे टोलिले हालै गरेको सर्वेक्षण बाट सो स्थानमा वर्षौं देखि नेपालीहरुले भोग चलन गर्दै आएको जग्गा भारत तर्फ गाभिने अबस्था देखिए पछि स्थानीय बासिन्दा आक्रोशित बन्न पुगेका छन् ।पुराना सीमा स्तम्भहरुको खोजी नगरी एक तर्फी रुपमा नेपाली भुमी मात्रै अतिक्रमण हुने गरि सीमा सर्वेक्षण भएको देखिए पछि बिरोध गर्न बाध्य भएको सो क्षेत्रका स्थानीय बासिन्दा बताउछन् ।
सीमा सर्वे टोलेले गरेको सिमाङ्कनबाट २०५२ सालमा निर्माण सम्पन्न गरिएको महाकाली सिंचाइ परियोजना दोस्रो चरणको नहर समेतमा  भारतले दावी गरेको छ ।
पुराना सीमा स्तम्भहरुको खोजी नगरी एक तर्फी रुपमा नेपाली भुमिमा पिलर गाडे पछि स्थानीय संघर्षमा उत्रनु परेको सीमा संघर्ष समितिका संयोजक गोपिप्रसाद उपाध्यायले बताए । २०२८ सालमा भुतपुर्व सैनिकहरुलाई बसोबास गराएको उक्त क्षेत्र साविक सीमादेखी १ किमि दक्षिण पिलर गाडेर नेपाली भुमी अतिक्रमणको प्रयास गरिएको बेलौरी नगरपलिका ८ पचुइका हरिचन्द ठकुरीले बताए । यस्तै बेल्डाँडी गाउँ पालिका ३ बैबाहा स्थित राधाकृष्ण जन प्रिय आधारभुत बिधालयको जमिनमा ७८३ नम्बरको पिलर गाडेर अढाइ बिगाहा जमिन भारत तर्फ गाभिएको बिधालयका शिक्षक प्रेमकुमार  डगौंराले बताए । त्यसै गरि आफुहरुले वर्षौं देखि भोगचलन गर्दै आएको जग्गामा एकाएक पिलर गाढिएको टुलुटुलु हेरेर बस्न नसकिने बैबाहाका स्थानिय बलराम डगौंराले बताए ।नेपाल -भारत सीमास्तम्भ नम्बर ३९ लाई आधार नमानी गरिएको सर्वेका कारण सो क्षेत्रमा बिवाद देखिएको हो । सो पिलर बेलौरी नगरपालिका ८ पचुइ र टेडिया बिचको हुलाकी राजमार्ग भन्दा खप्टी खोला पारी १ किमि दुरिमा दक्षिण तर्फ रहेको छ ।

अबैज्ञानिक रुपमा गरिएको सीमा सर्वेका कारण कञ्चनपुरको दक्षिणी क्षेत्रका बेल्डाँडी देखि पुनर्वास सम्मका आधा दर्जन स्थानमा नेपालले धेरै भुभाग गुमाउन पर्ने अबस्था देखिएको छ ।२०६० सालमा गरिएको नेपाल-भारत सीमा सर्वेक्षण कै बेला देखि जिल्लाको दक्षिणी भेगमा सीमाको बिवाद सुल्झिन सकेको छैन । सो बेला गरिएको अतिक्रमणको बिरोध गर्दै पुनर्वासको बिचफाँटामा २०६२ सालमा प्याराताल वारि नेपाली भुमिमा गाडिएका पिलर स्थानियले भत्काएका थिए । २०७३ सालमा पुनर्वासमा भारतले गरेको अतिक्रमणको बिरोधका क्रममा आनन्दबजारका गोबिन्द गौतमले शहादत प्राप्त गरेका थिए ।
हालै बेलौरी देखि बेल्डाडी सम्म नयाँ  सीमा स्तम्भ गाडेर राजमार्ग र नहर समेत भारत तर्फ गाभिने गरि गरिएको सिमाङ्कनको स्थानीय बासिन्दाहरुले चर्को बिरोध गरि रहेका छन । बिरोधमा उत्रिएका स्थानियहरुले  ७८३/४  नम्बरको नयाँ सीमा स्तम्भ तोडफोड गरिदिए पनि सीमाको बिवाद समाधान भने हुन सकेको छैन ।