सरकारले जारी गरेको आदेश उल्लंघन गर्ने ५० मोटरसाइकलको चाबी नियन्त्रणमा

पोखरा : कोभिड १९ को महामारी रोक्न घरबाहिर ननिस्कन सरकारले जारी गरेको आदेश उल्लंघन गर्दै मोटरसाइकल चलाउँदै हिँडेका ५० जनाका सवारी धनीबाट कास्की प्रहरीले चाबी नियन्त्रणमा लिएको छ । मंगलबार मध्याह्न १२ बजेसम्म ५० जनाको चाबी नियन्त्रिणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख इन्स्पेक्टर सन्तोष रोकाले जानकारी दिए ।

लकडाउनका बेला पनि रमिता देखाउँदै र रमिते बन्दै हिँडेका सवारी धनीको चाबी प्रहरीले नियन्त्रणमा लिएको हो । ‘थुप्रैलाई सम्झाइबुझाइ पठाएका छौं’, उनले अन्नपूर्णसित भने, ‘स्वास्थ्यकर्मी वा बिरामीलाई आउजाउ गर्न दिएका छौं ।’