इन्डोनेसियामा एकैदिन १०७ संक्रमित, ७ जनाको मृत्यु

जाकर्ता । इन्डोनेसियामा एकै दिन १०७ जना नयाँ संक्रमित फेला परेका छन् भने ७ जनाको मृत्यु भएको छ । यो इन्डोनेसियामा अहिलेसम्मकै ठूलो संख्याको वृद्धि हो ।

दक्षिणपूर्वी मुलुक इन्डोनेसियामा हालसम्म ६८६ संक्रमित र ५५ जनाको मृत्यु भएको इन्डोनेसियाका स्वास्थ्य मन्त्रालयका अधिकारीले जानकारी दिएका छन्। इन्डोनेसियामा हालसम्म ३० जनाको उपचारपछि घर फर्काइएको बताइएको छ । – रोयटर्स