कोरोना संक्रमित नेपालीको मृत्यु

न्यूयोर्क । अमेरिकामा कोरोना संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ । पाँचथर जिल्ला घर भएका ५० वर्षीय अनिल सुब्बाको सोमबार न्यूयोर्कमा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएकाे छ ।

अमेरिकामा कोरोना संक्रमणबाट नेपाली मूलका नागरिकको मृत्यु भएको यो पहिलो घटना हो । यसअघि बेलायतमा एकजना नेपालीको मृत्यु भएको थियो । १५ वर्षअघि आएका सुब्बा एक छोरा र दुई छोरीसहित उनी अमेरिकामा बस्दै आइरहेका थिए।