अस्पताल तथा नर्सिङ होममा कार्यरत नर्सहरुलाई कोठा छोड्न घरवेटीको आग्रह

धनगढी/ कोरोना संक्रमण फैलिएपछि धनगढीका तीन वटा अस्पताल तथा नर्सिङ होममा कार्यरत नर्सहरुलाई घरबेटीले कोठा छोड्न आग्रह गरेका छन् ।सेती प्रादेशिक अस्पताल, निर्सग र माया मेट्रो अस्पतालमा कार्यरत नर्सहरुलाई उनीहरु डेरा गरी बसेका घरका घरधनीले कोठा छोड्न आग्रह गरेको सेती प्रादेशिक अस्पतालमा कार्यरत एक नर्सले बताईन ।घरबेटीले आजदेखि कोठा छोड्न हामीलाई आग्रह गरेका छन्, सेती प्रादेशिक अस्पतालमा कार्यरत नर्सले भनिन्, कोरोनाको संक्रमण नरोकिएसम्मका लागि तपाईहरु कोठा खाली गरिदिनुहोस ।

त्यतिबेला सम्म अस्पतालमै बस्नुहोस । नत्र तपाईहरुका कारण हामीलाई पनि कोरोना सर्छ । तीनै जना छुट्टाछुट्टै अस्पतालमा कार्यरत भएपनि एउटै घरमा डेरा गरी बस्छन् । कञ्चनपुरको महेन्द्रनगर घर भएका उनीहरु लकडाउनमा कही जान सक्ने अवस्था नै नभएको बेला घरबेटीले आजैदेखि कोठा छोड्न आग्रह गरेपछि अन्यौलमा छन् ।