कोरोनाको आशंकामा रंगेली अस्पतालमा बिरामी आईसोलेशनमा भर्ना

चैत्र ११ मंगलबार /रबिन्द्र बराल,रंगेली अस्पतालको आइसोलेशन वार्डमा शंकास्पद एक जना विरामीलाई भर्ना भएका छन । सुनवार्षि नगरपालिका घर भएका युवक रहेको अस्पताल का डाक्टर राेहिन्द्र पाण्डेले बताए । उनलाई
उच्च ज्वरो सहित निमुनियाको समस्या रहेको र हुनाले अाईसाेलेसनमा राखेको हाे । कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै उनलाई छुट्टै आइसोलेशन वार्डमा राखेर उपचार थालेकाेे डाक्टरले बताए ।

डा.रोहेन्द्र पाण्डे का अनुसार विरामीमा उच्च ज्वरो संगै निमुनिया रहेकाेे हुनाले आइसोलेशनमा राखेर उचपार गर्ने थालिएको पाण्डेले बताए । उनी भारतको केरला राज्य बाट केही साता अघि आएको सुचना पाएपछी रंगेली अस्पतालका डाक्टर र रंगेली प्रहरी सहितको टोलीले सो क्षेत्रको अनुगमन समेत गरेको प्रहरी निरिक्षक लेखनाथ दाहालले बताए । रंगेली नगरपालिकाले रंगेली अस्पतालमा ५ वेडको आइसोलेशन वार्ड समेत तयार पारेको छ ।