भारतबाट आएका बिरामी यात्रुलाई कञ्चनपुरमा बसबाट झर्न लगाइयो

कञ्चनपुर/कञ्चनपुरमा भारतको हरिद्धारबाट आएका एक बिरामी यात्रुलाई बसबाट बाटोमा झर्न लगाइएको छ।महेन्द्रनगरबाट म१प ९०९ नम्बरको बसमा बसेका सुर्खेतका प्रकाश थापालाई कुनै खतरनाक रोग लागेको हुनसक्ने भन्दै बस रोकेर झर्न लगाइएको स्थानीयले बताएका छन्।

बिरामी थापालाई बसबाट झर्न लगाएपछि उनी सडकमै पल्टिएका थिए। उनलाई झलारीबाट प्रहरीले उद्धारगरि महेन्द्रनगरको महाकाली अस्पतालमा पुर्याएको छ।

दिनेश खबर डटकमको अनुसार उनको अहिले अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक रवीन्द्र पौडेलले बताए।