काेराेनाबाट संक्रमित हुनेकाे संख्या ४ लाख नाघ्याे, एक लाख बढी निकाे भए

काठमाडौं, १२ चैत्र । विश्व स्वास्थ्य संगठनले (डब्ल्यूएचओ) ले महामारीको रूपमा लिएको कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट संक्रमण हुनेको संख्या ४ लाख नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म विश्वभर कोरोनाबाट संक्रमित हुनेको सख्या ४ लाख २२ हजार ५६६ पुगेको छ ।

सङ्क्रमितमध्ये १ लाख १८ हजार ८८७ निको भइससेका छन् । अहिले विश्वभर २ लाख ९५ हजार २९१ जनामा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये १३ हजार ३६९ जना भने गम्भीर अवस्थामा छन् । कोरोनाबाट ज्यान गुमाउनेको संख्या भने १८ हजार ८८७ पुगेको छ ।कोरोनाको उद्गम स्थल चीन भए तापनि पछिल्लाे समय युरोपका इटाली, जर्मनी, स्पेन र बेलायतमा भाइरसको संक्रमण र मृतकको संख्या बढिरहेको छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार काेराेना भाइरसबाट सबैभन्दा बढी इटालीमा मृत्यु भएकाे छ ।

काेराेनाकाे सबैभन्दा बढी संक्रमण चीनमा भएकाे छ । अहिलेसम्म चीनमा कुल ८१ हजार १७१ जनामा कोरोनाको संक्रमण देखिए छ । तर अहिले चीनमा ४ हजार ७३५ जनामा मात्रै कोरोनाको संक्रमण छ । ७३ हजार १५९ भने पूर्ण रुपमा निको भइसकेका छन् । चीनमा काेराेनाकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३ हजार २७७ पुगेकाे छ ।

चीनपछि सबैभन्दा बढी काेराेनाकाे संक्रमण इटालीमा भएकाे छ । अहिलेसम्म इटालीमा काेराेनाबाट ६९ हजार १७६ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ८ हजार ३२६ जना पूर्ण रुपमा निको भएका छन् । अहिले इटालीमा ५४ हजार ३० जना काेराेना संक्रमित छन् । तीमध्ये ३ हजार २०४ जनाकाे अवस्था गम्भीर रहेको छ ।

काेराेनाबाट मृत्यु हुनेमा भने चीनकाे भन्दा दाेव्वर छ इटालीमा । इटालीमा काेराेना भाइरसबाट ज्यान गुमाउनेकाे संख्या ६ हजार ८२० पुगेकाे छ । काेराेना संक्रमित हुनेकाे तेस्राे नम्बरमा अमेरिका परेकाे छ । अहिलेसम्म अमेरिकामा काेराेना भाइरसबाट संक्रमित हुनेकाे संख्या ५३ हजार ६५५ पुगेकाे छ । संक्रमितमध्ये ३७८ जना पूर्ण रूपमा निकाे भएका छन् । अहिले अमेरिकामा ५२ हजार ५७९ संक्रमित छन् भने तीमध्ये १ हजार ७५ जनाकाे अवस्था गम्भीर रहेकाे छ । मृत्यु हुनेकाे संख्या ६९८ पुगेकाे छ ।

त्यस्तै काेराेनाबाट स्पेनमा ४२ हजार ५८, जर्मनीमा ३२ हजार ९९१, इरानमा २४ हजार ८११, फ्रान्समा २२ हजार ३०४, स्वीजरल्याण्डमा ९ हजार ८७७, दशिक्ष काेरियामा ९ हजार ३७, बेलायतमा ८ हजार ७७ जना संक्रमित भएका छन् ।